logo

२०८३ साउन १३ बुधबार

शनिबार काठमाडौं र ललितपुरका केही स्थानमा आठ घन्टा विद्युत आपूर्ति बन्द हुने

शनिबार काठमाडौं र ललितपुरका केही स्थानमा आठ घन्टा विद्युत आपूर्ति बन्द हुने


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरुमा शनिबार आठ घन्टासम्म विद्युत प्रभावित हुने भएको छ । टेकु सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेकोले भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ ।

    प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ ।

    त्यसैगरी पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ । त्यस्तै चमती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend