logo

२०८३ साउन १४ बिहिबार

महामन्त्रीले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेज होइन, एउटा एनजीओको ‘विसलिस्ट’ होः आरजु राणा

महामन्त्रीले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेज होइन, एउटा एनजीओको ‘विसलिस्ट’ होः आरजु राणा


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको ‘विसलिस्ट’ जस्तो भएको टिप्पणी गरेकी छन् ।

    बिहीबार पार्टीको जारी केन्द्रीय समिति बैठकमा राणाले महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज भन्दापनि एनजीओको ‘विसलिस्ट’जस्तो भएको टिप्पणी गरेकी हुन् ।

    उनले भनिन्,’महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ । त्यो एक एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो । कार्यक्रम धेरै गर्ने अनि त्यसको रिजल्टचाहिँ के त ?’

    उनले पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरू मेल खाए नखाएको हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने बताइन् । उनले भनिन्,’प्रशिक्षण सञ्चालन गर्नुपर्छ । प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्ने भन्ने सबै बुझेपछि र प्रतिबद्ध भएपछि मात्रै क्रियाशील सदस्यता दिनुपर्छ ।’

    उनले महिलाहरूका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्नेसमेत बताइन् । राणाले पार्टीबाट मन्त्री हुनेहरुले पूर्व तयारी गर्नुपर्ने बताइन् । उनले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यसबारे बुझ्न पाएको बताइन् ।

    उनले भनिन्, ‘प्रधानमन्त्रीको धर्मपत्नी भएर मैले ४/५ पटक उहाँसँगै के–के हुन्छ, देखेको छु । हाम्रा मन्त्रीहरू मन्त्री भएर जानुहुन्छ, तर सिक्दा–सिक्दै ठीक्क हुन्छ । त्यसैले कुन मन्त्रालयको ड्युटी के हो ? के भइरहेको छ, के गर्नुपर्ने हो ? यसबारे हामीले पार्टीमै छलफल गरेर पूर्वतयार हुनु आवश्यक छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend