logo

२०८३ साउन १३ बुधबार

अहिले आएका जति पनि अनियमितताका घटना छन्, कांग्रेसले छानबिनमा सघाउनु पर्छः नेता पौडेल

अहिले आएका जति पनि अनियमितताका घटना छन्, कांग्रेसले छानबिनमा सघाउनु पर्छः नेता पौडेल


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन प्रणालीमा सुधार गनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा  जारी पार्टी केन्द्रीय समिति बैठकमा पौडेलले राष्ट्रियसभा ३५ सदस्यीय र प्रतिनिधिसभामा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई गर्नुपर्ने बताएका हुन् ।

    त्यस्तै पौडेलले निर्वाचनमा उम्मेदवारका लागि ‘प्राइमरी इलेक्सन’को व्यवस्था गरेर टिकट वितरणको व्यवस्था गर्न माग गरेका छन् । उनले चारपटकभन्दा बढी संघीय सांसद बनाउन नहुने, प्रदेशमा दुईपटक सांसद बन्ने र समानुपातिकमा एकपटक मात्रै अवसर दिनुपर्ने बताए ।

    पौडेलले कार्यसम्पादन समितिको निर्णयलाई दुई महिनाभित्र अनुमोदन नभए स्वतः अस्वीकृत हुने व्यवस्था गर्नुपर्ने बताए । उनले कांग्रेस अब द्विविधामा बाँच्न नहुने पनि बताए ।

    उनले  सरकारले भ्रष्टाचारको छानबिन गरिरहँदा समर्थन पनि गर्न नसक्ने र विरोधमा पनि उत्रिन नसक्ने द्विविधा रहेको उल्लेख गरे । उनले भने, ‘कांग्रेस भ्रष्टाचारविरुद्ध कठोर हुनैपर्छ। यो भावनाको विषय होइन नैतिक प्रश्न पनि हो । अहिले आएका जति पनि अनियमितताका घटना छन्, कांग्रेसले छानबिनमा सघाउनु पर्छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend