logo

२०८३ साउन १३ बुधबार

मन्दिर अगाडि चर्च बनाएपछि धरानका मेयर हर्क साम्पाङ विवादमा

मन्दिर अगाडि चर्च बनाएपछि धरानका मेयर हर्क साम्पाङ विवादमा


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पुनः विवादमा तानिएका छन् । बेला बेलामा आफ्ना बयानका कारण चर्चामा आउने उनी यसपटक मन्दिर अगाडि चर्च बनाएका कारण विवादमा परेका हुन् ।

    उनले फेसबुकमार्फत बचाउ पनि गर्दै आएका छन । धरान–१४ स्थित विजयपुरमा गोपाल मन्दिरको सामुन्ने चर्च निर्माण गरिएको छ । निजी जग्गामा बनेको उक्त चर्च निर्माण गर्न अनुमति वा नक्सा पासको प्रक्रिया पुरा भएको छैन ।

    मन्दिर अगाडि चर्च बनाउन दिएपछि सामाजिक सञ्जालमा मेयर राईलाई ख्रिष्टियन भन्दै विरोध गरिएको हो । उनले सामाजिक सञ्जालमा धर्मबारे दिएका पुराना बयान पनि भाइरल गराइएको छ । निरन्तर आलोचना भएपछि अहिले राई धर्मबारे मर्यादा विपरीत विवादित अभिव्यक्ति पनि दिन थालेका छन् ।

    आफूले सबै धर्मलाई एउटै चश्माले हेर्ने तर्क समेत गरेका छन । शुक्रबार धर्मबारे उनले लेखेका दुई फेसबुक स्टाटस भाइरल भएका छन् । पहिले उनले लेखे, ‘इसाइ बढे भनेर भन्नुभन्दा पनि किन बढे भनेर कारण खोज्नु ! जातिय विभेद पालेर बस्ने कुन धर्म हो ? वर्ण व्यवस्था कुन धर्ममा छ ? समय सापेक्ष बद्लिन नसके सकिने मेलो आउँछ !’

    यसै प्रसंगमा उनले अर्को स्टाटस राखेका छन् । उनले भनेका छन्, ‘अतिवादीहरुले गर्दा हिन्दु धर्म सिद्धिन लागेको छ ! मलाई हिन्दुको विरुद्धमा बोल्न वाध्य नबनाउनु ! अहिले सम्म सामाजिक सञ्जालमा हारेको रेकर्ड छैन है यो फुच्छे केटाको ! बिचार चोंगे !’ यस्ता धारणा उनले एकपछि अर्को गर्दै निरन्तर व्यक्त गरिरहेका छन् । स्वतन्त्रबाट मेयर बनेका राईले यसअघि पनि यस्ता प्रकारका अभिव्यक्ति दिइसकेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend