logo

२०८३ साउन १४ बिहिबार

काठमाडौं र ललितपुरमा आज ८ घण्टा लोडसेडिङ, यी क्षेत्रहरुमा हुँदैन बत्ती !

काठमाडौं र ललितपुरमा आज ८ घण्टा लोडसेडिङ, यी क्षेत्रहरुमा हुँदैन बत्ती !


हाम्रो राष्ट्र
  • शनिबार, ६ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । शनिबार (आज) बिहानदेखि काठमाडौं र ललितपुरका विभिन्न स्थानमा लामो समय विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको हुँदा दुई जिल्लामा समस्या आउन लागेको छ ।

    आज बिहान ८ः३० देखि अपराह्न ४ः३० बजेसम्म विद्युत् अवरुद्ध हुन लागेको प्राधिकरणले जानकारी दियो । ८ घण्टा विद्युत नआउने क्षेत्रहरुमा बागमती फिडरअन्तर्गत सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुलसहित रहेका छन । त्यसैगरी, त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य सङ्घ हुँदै सुकुम्बासी बस्ती लगायतका क्षेत्रमा पनि बत्ती आउँदैन ।

    प्राधिकरणका अनुसार पुल्चोक फिडरअन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुङ्गा क्षेत्रमा विद्युत् हुनेछैन । अर्कोतिर मती फिडरअन्तर्गतका ज्ञानतीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू र कीर्तिपुर फिडरअन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय लगायतका क्षेत्रमा समस्या देखिनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend