logo

२०८३ साउन १५ शुक्रबार

धनुषामा प्रहरीको भ्यानबाट हत्कडीसहित बलात्कारका अभियुक्त फरार

धनुषामा प्रहरीको भ्यानबाट हत्कडीसहित बलात्कारका अभियुक्त फरार


हाम्रो राष्ट्र
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    जनकपुरधाम । धनुषामा प्रहरी भ्यानबाट हामफालेर एक थुनुवा फरार भएका छन् । बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका वडा नम्बर १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् ।

    जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लैजाने क्रममा आइतबार साँझ यदुकोहाबाट मुखिया फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    रातभर प्रहरीले उनको खोजी गरेपनि फेला परेका छैनन् । केही दिनअघि पनि धनुषामा थुनुवा कक्ष फाडेर ६ फरार भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend