logo

२०८३ साउन १३ बुधबार

ललिता निवास प्रकरणमा थप एकजना पक्राउ

ललिता निवास प्रकरणमा थप एकजना पक्राउ


हाम्रो राष्ट्र
  • आइतबार, ७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले आइतबार नापी विभागका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनलाई जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो । श्रेष्ठमाथि अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेको आरोप छ । योसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend