logo

२०८३ साउन १३ बुधबार

सुन तस्करी प्रकरणः भन्सारका तीन कर्मचारीसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरणः भन्सारका तीन कर्मचारीसहित ६ जना पक्राउ


हाम्रो राष्ट्र
  • आइतबार, ७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।

    राजस्व अनुसन्धान विभागले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्स रे प्राविधिक सरोज श्रेष्ठलाई पक्राउ गरेको हो । यस्तै भन्सार एजेन्टहरु सिन्धुपाल्चोकका यादव पराजुली, चितवन मेघौलीका सुदर्शन गौतम र झापा गौरादहकी रुक्मिला सुब्बा पक्राउ परेका हुन् ।

    यो प्रकरणमा यसअघि १० जना पक्राउ परेका थिए । विभागले थप ६ जनालाई पक्राउ गरेको हो । विभागले अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

    गत बुधबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत कार्गे गरेर ल्याइएको मोटरसाइल बे्रकसुमा सुन फेला पारेको थियो । भन्सार पास भएर बाहिरिएपछि विमानस्थल बाहिरबाट ट्याक्सीबाट सुन बरामद भएको थियो । राष्ट्र बैंकले जोख्दा ब्रेकसुसहित १५५ केजी तौल देखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend