logo

२०८३ साउन १३ बुधबार

नासिरको जापानमा नयाँ कीर्तिमान

नासिरको जापानमा नयाँ कीर्तिमान


हाम्रो राष्ट्र
  • आइतबार, ७ साउन २०८०
  • 1.1K
    SHARES

     

    काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनशिप–२०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

    नासिरले चार सय मिटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समय खर्चंदै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेको फुकुओकाबाट नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उक्त स्पर्धामा यसअघि नासिरको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान गत असारमा आयोजना भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।

    अब भोलि नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend