logo

२०८३ साउन १४ बिहिबार

सर्पदंशबाट दाङमा चार दिनमा दुईजनाको मृत्यु

सर्पदंशबाट दाङमा चार दिनमा दुईजनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, ८ साउन २०८०
  • 1.1K
    SHARES

    दाङ । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन् ।

    गएराति १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

    उनका अनुसार वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो । त्यस्तै, गत शुक्रबार शान्तिनगर–३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।

    शुक्रबार दिउँसो घर्तीलाई घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सर्पदंशबाट पछिल्लो चार दिनमा दुईको मृत्यु भएकाले आवश्यक सर्तकता अपनाउनुपर्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend