logo

२०८३ साउन १३ बुधबार

दोषी देखिए नेताहरुलाई पनि छाड्दैनौंः गृहमन्त्री श्रेष्ठ

दोषी देखिए नेताहरुलाई पनि छाड्दैनौंः गृहमन्त्री श्रेष्ठ


हाम्रो राष्ट्र
  • सोमबार, ८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले प्रमाण पुगेसम्मका सबै दोषीलाई कारबाही गर्ने बताएका हुन् ।

    उनले राजनीतिक दलका नेता दोषी देखिए उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउने बताए । गृहमन्त्रीले कानुन सबैका लागि बराबर भएकाले नेताहरुलाई छुट दिन नसकिने बताए ।

    उनले भने,’अनुसन्धानको तथ्य, प्रमाणको आधारमा जहाँसम्म जानपर्ने हो त्यहीँसम्म पुग्छ । अपराधीलाई छोड्ने काम हुँदैन। प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान गर्न निर्देशन दिएको छु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend