logo

२०८३ साउन १३ बुधबार

काठमाडौंमा लघुवित्त पीडितको प्रदर्शन

काठमाडौंमा लघुवित्त पीडितको प्रदर्शन


हाम्रो राष्ट्र
  • बुधबार, १० साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । लघुवित्त पीडितहरुले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त वित्तिय संस्थाविरुद्धको सङ्घर्ष समितिको अगुवाईमा उनीहरुले नयाँबाानेश्वमा प्रदर्शन गरेका हुन् ।

    केही दिनदेखि माइतीघरमा धर्नामा बसिरहेका उनीहरु बुधबार संसद भवन घेर्न जाने क्रममा प्रहरीले रोकेको छ । नयाँबानेश्वरस्थित एभरेष्ट होटलबाट अगाडि पुगेपछि उनीहरुलाई प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो । प्रहरी घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही प्रदर्शनकारीलाई भने प्रहरीले पक्राउ गरेको छ ।

    पीडितहरुले लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend