logo

२०८३ साउन १४ बिहिबार

सत्तारुढ दलले देश लुटिरहेको ओलीको आरोप

सत्तारुढ दलले देश लुटिरहेको ओलीको आरोप


हाम्रो राष्ट्र
  • बुधबार, १० साउन २०८०
  • 962
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले देश लुटिरहेको आरोप लगाएका छन् । बुधबार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सुन तस्करीबारे ब्रिफिङ गर्दै यस्तो हुँदा अब चुप लागेर बस्न नहुने बताएका हुन् ।

    बैठकमा अध्यक्ष ओलीले मन्त्रीको संलग्नता विना यति ठूलो परिणाममा सुन आउन नसक्ने बताएका थिए । बैठकले यसबारे सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

    अध्यक्ष ओलीले कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सुन तस्करीमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए । रेडी ट्रेड नामक कम्पनीको नाममा आएको एक क्वीन्टल सुन भन्सार जाँचपछि राजश्व अनुसन्धान विभागको टोलीले गतसाता विमानस्थलबाट बरामद गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend