logo

२०८३ साउन १३ बुधबार

सुन तस्करीका मुख्यदोषी पक्राउ नगरे संसदमै अनसन बस्ने सांसद शर्माको चेतावनी

सुन तस्करीका मुख्यदोषी पक्राउ नगरे संसदमै अनसन बस्ने सांसद शर्माको चेतावनी


हाम्रो राष्ट्र
  • बुधबार, १० साउन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन् ।

    उनले सुन तस्करी प्रकरणमा भरियालाई मात्रै पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । यो तस्करी प्रकरणमा मुख्य दोषीलाई पक्रन नसकेको भन्दै शर्माले राजीनामा माग गरेका हुन् ।

    उनले भने,’उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो । होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’

    उनले अहिले प्रधानमन्त्री विदेशमा रहेको भन्दै उनी स्वदेश फर्किएपछि आफू संसदमा अनसन बस्ने पनि चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend