logo

२०८३ साउन १३ बुधबार

गगन थापाले बुझाए आयोगलाई १५ हजार जरिवाना

गगन थापाले बुझाए आयोगलाई १५ हजार जरिवाना


हाम्रो राष्ट्र
  • बिहिबार, ११ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई जानकारी नगराउने उमेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको थियो । थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरेपनि आयोगलाई जानकारी दिएका थिएनन् ।

    उनले भनेका छन्, ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend