logo

२०८३ साउन १३ बुधबार

सर्वोच्चद्वारा कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर

सर्वोच्चद्वारा कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर


हाम्रो राष्ट्र
  • बिहिबार, ११ साउन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

    सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने बताएको छ । सभामुखको त्यस प्रकारको अधिकार नरहेको भन्दै सर्वोच्चले सभामुखको समर्थन संविधानसम्मत नभएको उल्लेख गरेको छ । सर्वोच्चले एमाले नेता हिक्मत कार्कीको चाहना अनुसार उनलाई मुख्यमन्त्री नियुक्तिको परमादेश भने दिन अस्वीकार गरेको छ ।

    योसँगै सभामुख बाबुराम गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता थापा पनि पदमुक्त भएका छन् ।

    कोशी प्रदेशमा असार २१ गते कांग्रेस संसदीय दलका नेता थापाको नेतृत्वमा सरकार बनेको थियो ।  कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले गत असार २२ गते सर्वोच्च अदालतमा रिट हालेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend