logo

२०८३ असोज ७ बुधबार

प्रधानमन्त्रीद्वारा रोमस्थित ओलम्पिक रङ्गशालाको अवलोकन

प्रधानमन्त्रीद्वारा रोमस्थित ओलम्पिक रङ्गशालाको अवलोकन


हाम्रो राष्ट्र
  • बिहिबार, ११ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को बिहीबार अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्रीले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए ।

    यो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए । उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए ।

    प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए । उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । यो रङ्गशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend