logo

२०८३ साउन १४ बिहिबार

राजीनामा नदिए सदन चल्न दिँदैनौँ भन्ने राजनीति कल्चरले राम्रो ठाउँतिर लाँदैनः प्रधानमन्त्री

राजीनामा नदिए सदन चल्न दिँदैनौँ भन्ने राजनीति कल्चरले राम्रो ठाउँतिर लाँदैनः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै घटनाक्रमलाई लिएर प्रधानमन्त्री र मन्त्रीहरुको राजीनामा माग्ने गलत संस्कार बसाल्न खोजिएको बताएका छन् ।

    शुक्रबार बिहान इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले राजनीतिक उद्देश्यका निम्ति अत्तनपत्त प्रधामन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागीहाल्ने संस्कार राम्रो नभएको बताएका हुन् ।

    उनले भने, ‘राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बसाल्न खोजिएको छ, त्यो राम्रो होइन । प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीको स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिले घोषणा गर्ने राजनीति कल्चरले हामीलाई राम्रो ठाउँतिर लाँदैन ।’

    प्रधानमन्त्रीले विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र भन्न सक्ने बताए ।

    त्रिभुवन विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको घटनालाई लिएर प्रमुख प्रतिपिक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा तथा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । उसले आफ्ना यी माग पूरा नभए सदन चल्न नदिने बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend