logo

२०८३ साउन १३ बुधबार

तिलोत्तमा नगरपालिकामा शुक्रबार विद्यार्थीले पुस्तक बोक्नै नपर्ने

तिलोत्तमा नगरपालिकामा शुक्रबार विद्यार्थीले पुस्तक बोक्नै नपर्ने


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.2K
    SHARES

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ ।

    सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने भएकाले नगरभित्रका विद्यार्थीले हरेक शुक्रबार पाठ्यपुस्तक बोक्नु नपर्ने भएको छ ।

    पाठ्यपुस्तकरहित शुक्रबारअन्तर्गत नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई उच्च प्राथमिकता साथ अगाडि बढाउन प्रत्येक शुक्रबार कला, योग शिक्षा, साहित्य, सङ्गीत र खेलकुदका साथै सिर्जनात्मकरूपमा इमान्दारिता, अनुशासन, सदाचारितासम्बन्धी व्यवहारिक शिक्षा प्रदान गराउन नगरपालिकाले जोड दिएको हो ।

    नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ का लागि प्रस्तुत एवं स्वीकृत गरिएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबारलाई नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार पाठ्यपुस्तकरहित सिर्जनात्मक सीप विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख थियो ।

    यस्तै नगरपालिकाले सार्वजनिकस्थल तथा विद्यालय आसपास क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । नगर प्रमुख रामकृष्ण खाँणले जारी गर्नुभएकोे सूचनामा सार्वजनिकस्थल वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइए कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

    “सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्थाबमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिकस्थललगायत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रको घर वा पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend