logo

२०८३ साउन १३ बुधबार

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.2K
    SHARES

    विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् । शुक्रबार प्रदेश प्रमुख खापुङले साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि साउन १६ गते मंगलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गर्नुभएको छ ।’

    बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै कोशी प्रदेशमा पुनः नेपालको संविधानको धारा १६८ (२) अनुसार नै एक साताभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख खापुङका नाममा परमादेश जारी गरेको थियो । सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म त्यस्तो विकल्प अपनाउनु वाञ्छनीय हुने पनि उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend