logo

२०८३ साउन १४ बिहिबार

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ, ठमेलको होटलबाट एकजना पक्राउ, सुनको स्वरुप बदल्ने टोखाको गोदाममा राजश्वको छापा

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ, ठमेलको होटलबाट एकजना पक्राउ, सुनको स्वरुप बदल्ने टोखाको गोदाममा राजश्वको छापा


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले शनिबार राति होटलमा छामा मारी होटल संचालक बेल्जियमका नागरिक दावा छिरिङलाई नियन्त्रणमा लिएको छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका व्यक्ति भएको बताइएको छ ।

    त्यस्तै टोखाको गोदामबाट विभागको टोलीले सुन गाल्ने केही मेसिनसमेत बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान गोदाम प्रयोग गरिएको हुनसक्ने विभागका अधिकारीहरुले आशंका गरेका छन् ।

    यो प्रकरणमा अहिलेसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्टसहित १८ जना पक्राउ परेका छन्। यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend