logo

२०८३ साउन १३ बुधबार

सुनकाण्डको जरैसम्म पुगेर अनुसन्धान नभए कांग्रेसले मन्त्रीहरुको राजीनामा माग्ने

सुनकाण्डको जरैसम्म पुगेर अनुसन्धान नभए कांग्रेसले मन्त्रीहरुको राजीनामा माग्ने


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.1K
    SHARES

    बुटवल । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुनकाण्डको जरैसम्म पुगेर अनुसन्धान नभए कांग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।

    आइतबार प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा पौडेलले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए ।

    उनले सुनकाण्डमा भरिया र मजदूरलार्ई देखाएर उम्किन खोजे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने अवस्था आउने बताए । उनले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएपनि सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने गलत भएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend