logo

२०८३ साउन १५ शुक्रबार

एक करोड चार लाख गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एक करोड चार लाख गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पुरीले एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

    उनीविरुद्ध एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    उनका अनुसार पुरी सार्वजनिक सेवा प्रवेश गरेको वि. स. २०५२ साल पुस ९ गतेदिख २०७९ असार मसान्तसम्म एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आय देखिएकोमा व्ययतर्फ दुई करोड २४ लाख लाख ८१ हजार ६९० रुपैयाँ देखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend