logo

२०८३ साउन १३ बुधबार

एसएसपी दानबहादुर कार्की र एसपी रमेश बस्नेतलाई सर्वोच्चले दियो क्षमादान

एसएसपी दानबहादुर कार्की र एसपी रमेश बस्नेतलाई सर्वोच्चले दियो क्षमादान


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की र एसपी रमेश बस्नेतले क्षमादान पाएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वर खतिवडा र कुमार चुडालको आइतबारको संयुक्त इजलासले उनीहरूलाई क्षमादान दिएको हो । विविध शीर्षकमा उनीहरु दुई जनाले साउन ४ गते क्षमादानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश खतिवडा र चुडालकै इजलासले गत फागुन १२ गते उनीहरुलाई अवहेलना मुद्दामा दोषी ठहर गर्दै १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

    पुनरावेदन अदालत पाटनबाट जारी भएको परमादेश रिट आदेश कार्यान्वयन नगरी अटेर गरेको कसुरमा उनीलाई सर्वोच्चले १५ दिन कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो । तर फैसलाको जानकारी पाएको तीन महिनाभित्र पुनरावेदन दिँदे गल्ती प्रायश्चित गरे वा क्षमायाचना गरेमा माफीसमेत दिन सकिने सर्वोच्चले उल्लेख गरेको गरिएको थियो। सोही अनुसार उनीहरु क्षमायाचना गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend