logo

२०८३ साउन १४ बिहिबार

जरिवाना तिराउने आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट

जरिवाना तिराउने आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट


हाम्रो राष्ट्र
  • आइतबार, १४ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । समयमै निर्वाचन खर्च बुझाउँदा पनि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का चार सांसदले उच्च अदालत पाटनमा  रिट दायर गरेका छन् ।

    रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार समयमै खर्च बुझाएर पनि सार्वजनिक गर्दा जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै रिट निवेदन दायर गरेका हुन् ।

    कानूनअनुसार निर्वाचन खर्च विवरण बुझाइसकेपछि १५ हजार रुपैयाँ जरिवाना गर्नु असंवैधानिक र गैरकानूनी भएको र कुनै पनि कारबाही गर्नुअघि सफाइको मौका दिनुपर्ने रिट निवेदनमा उल्लेख छ ।

    आफूहरूलाई जरिवाना गर्ने आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानूनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भन्दै रिट निवेदनमा आयोगले निर्वाचन खर्च विवरण बुझाएर त्यसलाई सार्वजनिक नगरिएको उल्लेख छ ।

    आयोगले प्रतिनिधिसभाका एक हजार ३७ र प्रदेशसभाका एक हजार तीन सय ९८ उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend