logo

२०८३ साउन १४ बिहिबार

संसद बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराइने

संसद बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराइने


हाम्रो राष्ट्र
  • सोमबार, १५ साउन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित ५ वटा कार्यसूची छन् । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ।

    नेकपा एमालेका नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोग लागेर मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी छुट्टाछुट्टै पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन् ।

    यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधिक थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

    शिक्षा, विज्ञान तथा प्रविध मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उपत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend