logo

२०८३ साउन १३ बुधबार

माओवादीले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने

माओवादीले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने


हाम्रो राष्ट्र
  • सोमबार, १५ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको सिको गर्दै नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक फेसबुकमा प्रत्यक्ष प्रसारण(लाइभ) गर्ने भएको छ ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको हो ।

    पार्टी सचिव लिलामणि पोखरेलले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिने जानकारी दिए । यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो । पदाधिकारी बैठकले विधान अधिवेशनअघि पालिका स्तरीय संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend