logo

२०८३ साउन १३ बुधबार

उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित


हाम्रो राष्ट्र
  • सोमबार, १५ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगन गरेको हो

    । बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि बोलाइएको छ । सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ । माग पूरा नहुन्जेल बैठक चल्न नदिने एमालेले अडान लिएपछि बैठक स्थगित भएको हो । यस विषयमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

    तर, समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले बैठक चल्न नदिने अडान राखेपछि सूचना टाँस गरेर बैठक स्थगन गरिएको हो । यसअघि १० साउनमा बोलाइएको बैठकमा पनि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend