logo

२०८३ साउन १३ बुधबार

मधेश प्रदेशमा थपिए दुई मन्त्री

मधेश प्रदेशमा थपिए दुई मन्त्री


हाम्रो राष्ट्र
  • सोमबार, १५ साउन २०८०
  • 1.5K
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दुई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले सोमबार दुई मन्त्री नियुक्त गर्दै पूर्णता दिएका हुन् ।

    सोमबार कांग्रेसका मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

    मधेशमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो । यसअघि जसपाबाट विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेकी सुरिताकुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend