logo

२०८३ साउन १३ बुधबार

सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलतः अध्यक्ष ओली

सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलतः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • सोमबार, १५ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताएका छन् ।

    एमालेको केन्द्रीय संस्कृति विभागले सोमबार पार्टी केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत पत्रिकाको विमोचन र खीर खाने कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलत भएको बताए ।

    नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उनको जोड थियो । विभागका प्रमुख रघुजी पन्तले युगदूतलाई पार्टीको साहित्यिक मुखपत्रका रूपमा नियमित प्रकाशन गर्ने जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend