logo

२०८३ साउन १३ बुधबार

नागरिक उन्मुक्ति पार्टी सूदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति पार्टी सूदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्र निवास बालुवाटारमा शीर्ष नेताहरूबीच भएको छलफलपछि नागरिक उन्मुक्ति सरकारमा सहभागी हुन तयार भएको हो ।

    पार्टी नेता रेशमलाल चौधरीले बैठकमा सहमति भएको र आफ्नो पार्टी बिहिबार सरकारमा सहभागी हुने जानकारी दिए । सहमति अनुसार नागरिक उन्मुक्तिले एक मन्त्री एक राज्यमन्त्री र दुई समितिको सभापति पाउनेछ ।

    त्यस्तै खाली रहेको एक मन्त्रालय कांग्रेसले पाउने भएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी छलफलमा सहभागी थिए । यसअघि नागरिक उन्मुक्तिले दुई मन्त्रालयको दाबी गर्दै आएको थियो ।

    सहमतिअनुसार प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नागरिक उन्मुक्तिको पाउने भएको छ भने आन्तरिक मामिला तथा कानूनमन्त्रालय कांग्रेसले पाउने छ।

    कृषि मन्त्रालयमा ७ महिनादेखि मन्त्री छैनन् भने कानून मन्त्रालयमा मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीबिहीन भएको थियो। नागरिक उन्मुक्ति पार्टीले यसअघि नै मुख्यमन्त्री शाहलाई मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई शपथ गराउन पत्र पठाएको थियो । उन्मुक्तिले दुई मन्त्रालयको दाबी कायमै राखेपछि शपथ रोकिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend