logo

२०८३ साउन १३ बुधबार

मर्यादाक्रमको विभेद हटाउन कांग्रेस महानगर समितिको माग

मर्यादाक्रमको विभेद हटाउन कांग्रेस महानगर समितिको माग


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस, काठमाडौं महानगर समितिले विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार बसेको उक्त भेलाले मुलुक संघीयतामा गएको अवस्थामा सो भावना र मर्म अनुरुप तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वको भएको भन्दै सोही अनुसार पार्टीका संगठनहरुलाई पनि अधिकार सम्पन्न गर्नुपर्ने कुरामा जोड दिएको हो । काठमाडौं, पोखरा, ललितपुर भरतपुर, विराटनगर र वीरगञ्ज महानगर समितिको भेलाले यस्तो निर्णय गरेको हो ।
    यस्ता छन् निर्णय

    १. नेपाली कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारीहरु एवं सदस्यहरुको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संसोधनका लागि केन्द्रीय कार्य समिति, केन्दीय सभापति, केन्द्रीय पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरुलाई लिखित रुपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय भयो ।

    २. पार्टीको केन्द्रीय महासमिति/महाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिश्चता गराउनको लागि विधानमा व्यवस्था गरियोस भनी माग गर्ने ।

    ३. स्थानीय तहका समिति अन्तर्गतका वडाहरुमा निर्वाचनमा उम्मेदवार छनौट गर्दा तत् तत् स्थानीय तहको पूर्ण अधिकारको सुनिश्चिताको माग गर्ने ।

    ४. स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलीमा न्यून र समय सापेक्ष नभएको हुँनाले समय सापेक्ष हुने गरी पदामधिकारु समेतको काम , कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउने माग गर्ने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend