logo

२०८३ साउन १३ बुधबार

टी–२० विश्वकप एसियन छनोटका लागि नेपाली महिला टोली बन्द प्रशिक्षणमा

टी–२० विश्वकप एसियन छनोटका लागि नेपाली महिला टोली बन्द प्रशिक्षणमा


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । टी–२० विश्वकप एसियन छनोटका लागि नेपाली महिला टोलीका २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । मंगलबार नेपाल क्रिकेट संघ(क्यान)ले बोलाएको प्रारम्भिक टोलीमा पूर्व कप्तान नेरी थापाले पुनरागमन गरेकी छन् ।

    अन्य खेलाडीमा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, सरस्वती चौधरी र ज्योती पाण्डे रहेका छन् । टी–२० विश्वकप एसियन छनोट अगष्ट २८ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

    नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसँगै बहराइन, भुटान, घरेलु टोली मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह हङकङ, चीन, म्यानमार, कुवेत थाइल्याण्ड रहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend