logo

२०८३ साउन १३ बुधबार

उच्चस्तरीय छानबिन समिति गठनमा सहमति नजुटेपछि साउन २२ गतेसम्मका लागि संसद बैठक स्थगित

उच्चस्तरीय छानबिन समिति गठनमा सहमति नजुटेपछि साउन २२ गतेसम्मका लागि संसद बैठक स्थगित


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक एकसाताका लागि स्थगित भएको छ । अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

    एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि प्रतिनिधिसभा बैठक सञ्चालमा सहमति जुट्न नसकेको हो ।

    एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ भने सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend