logo

२०८३ साउन १३ बुधबार

कोशी प्रदेशका सभामुख गौतमले दिए पदबाट राजीनामा

कोशी प्रदेशका सभामुख गौतमले दिए पदबाट राजीनामा


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.1K
    SHARES

    विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले मंगलवार अपराह्न संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएका हुन् ।

    उनले प्रदेश सभामा उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा बुझाएका हुन् । सभामुखबाट राजीनामा दिएसँगै उनी अब मुख्यमन्त्रीमा समर्थन गर्न प्रदेश प्रमुख कार्यालयमा जाने तयारी छन् ।सभामुखको राजीनामासँगै नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकोमा दाबी पेश गर्ने बाटो खुलेको छ ।

    सभामुखको राजीनामापछि दाबी पेस गर्ने माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङबोले बताए । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुगेको छ ।

    सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ बजेसम्मको समय दिएका छन् । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते उद्धव थापाको नेतृत्वमा गठन भएको सरकारलाई साउन ११ गते संवैधानिक विपरीत रहेको भन्दै सर्वाेच्च अदालतले खारेज गरिदिएको थियो । थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रूपमा गठबन्धनले अगाडि सारेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend