logo

२०८३ साउन १४ बिहिबार

संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेन

संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेन


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन भएको हो ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक बिहीबार साँझ ५ बजे बस्ने जानकारी दिए । प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डामा छलफल भएपनि अन्य रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसको विषय प्रवेश गरेको तिमिल्सिनाले बताए । प्रधान्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट सेवाबाट निवृत्त हुँदैछन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend