logo

२०८३ साउन १३ बुधबार

शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति


हाम्रो राष्ट्र
  • मंगलबार, १६ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो । यस्तै, दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ)बाट प्राप्त हुने १५ लाख ५५ हजार ५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । बैठकले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend