logo

२०८३ साउन १४ बिहिबार

पार्टीको साङ्गठानिक सुदृढीकरणका लागि कांग्रेसले खटायो प्रतिनिधि

पार्टीको साङ्गठानिक सुदृढीकरणका लागि कांग्रेसले खटायो प्रतिनिधि


हाम्रो राष्ट्र
  • बुधबार, १७ साउन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको साङ्गठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यलाई ७७ जिल्लामा प्रतिनिध खटाइएको हो ।

    कांग्रेसले पाँच जना केन्द्रीय सदस्यबाहेकलाई पनि जिल्लामा खटाएको छ भने प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ । पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर) पनि दिएको छ ।

    साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यले जिम्मेवारी निर्वाह गर्नेछन् ।

    कोशी प्रदेशको ताप्लेजुङ–१ मा सुजनता परियार, पाँचथर–१ लक्ष्मी परियार, इलाम–२ डा डिला सङ्ग्रौला, मधेस प्रदेशको सप्तरी–४ मा आनन्दप्रसाद ढुङ्गाना र सिरहा–४ मा राजीव ढुङ्गानालगायत छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend