logo

२०८३ साउन १३ बुधबार

विवादित अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे पक्राउ

विवादित अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, १७ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहेबारी हुने गरेको भन्दै अभिव्यक्ति दिएपछि उनी विवादमा परेकी थिइन् ।

    प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको हो ।अधिवक्ता पाण्डेविरुद्ध साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो ।

    तामाङ र मगर समुदायप्रति विवादित टिप्पणी गरेपछि उनीविरुद्ध ती समुदायका सदस्यहरुले प्रहरीमा उजुरी गरेका थिए । पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend