logo

२०८३ साउन १४ बिहिबार

ओलीको प्रश्नः सुन तस्करी प्रकरणमा कांग्रेस पार्टी किन चुइँक्क गर्न सक्दैन ?

ओलीको प्रश्नः सुन तस्करी प्रकरणमा कांग्रेस पार्टी किन चुइँक्क गर्न सक्दैन ?


हाम्रो राष्ट्र
  • बुधबार, १७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा कांग्रेस मौन बसेको भन्दै आपत्ति जनाएका छन् । तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसमा अवसरमा बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सुन तस्करी प्रकरणका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा मौन बसेको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले देउवालाई यसविषयमा पार्टीको धारणा सार्वजनिक गर्नसमेत आग्रह गरेका छन् । उनको प्रश्न थियो, ‘सुन तस्करी प्रकरणमा कांग्रेस पार्टी किन चुइँक्क गर्न सक्दैन ? देउवाजीलाई भन्न चाहन्छु–क्वीटलका क्वीन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन ?’

    उनले सरकारले गरेको छानविन निष्पक्ष नहुने भन्दै स्वतन्त्र छानविनको माग गरेको बताए । अध्यक्ष ओलीले सरकारले संसद बैठक स्थगित गर्न सभामुखलाई दवाव दिएको आरोपसमेत लगाए ।

    उनले भने,’बालुवाटारमा भएको सहमति संसद भवन आउँदा बिथोलिन्छ। हामीले बैठक सञ्चाल गरेर सांसदलाई जनताको आवाज राख्न दिनुस् भन्यौं । तर सरकारले सभामुखलाई सूचना टाँसेर रोक्नुस् भन्यो।’

    अध्यक्ष ओलीले कुनै पार्टीको केन्द्रीय कमिटीको बैठकको नाममा संसद बैठक लामो समयका लागि सार्नु उचित नहुने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend