logo

२०८३ साउन १४ बिहिबार

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग


हाम्रो राष्ट्र
  • बुधबार, १७ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत तीन खेलाडीलाई आज उपचार खर्च प्रदान गरेको छ ।

    कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उपचाररत विभिन्न तीन खेलाडीलाई उपचार खर्च रकमको चेक आज हस्तान्तरण गरे ।

    उपचार रकम प्राप्त गर्ने खेलाडीमा टेबल टेनिसकी सेलिशा खड्गी, टेबल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई दुई लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपचाररत छिन् । यसैगरी शारीरिक अस्वस्थताका कारण ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई एक  लाखको चेक हस्तान्तरण गरियो ।

    त्यस्तै स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई  एक लाखको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend