logo

२०८३ साउन १३ बुधबार

जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी अधिवक्ता पाण्डे रिहा

जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी अधिवक्ता पाण्डे रिहा


हाम्रो राष्ट्र
  • बिहिबार, १८ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । विवादित अभिव्यक्ति दिएको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले रिहा गरेको छ । जिल्ला अदालत काठमाडौंले पाण्डेलाई हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीले रिहा गरेको हो ।

    जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी पाण्डेलाई प्रहरीले बुधबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । तर अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नगरेपछि उनी बुधबार साँझ नै रिहा भएकी हुन् ।

    पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend