logo

२०८३ साउन १३ बुधबार

राष्ट्रियसभामा एमालेको अवरोध, उच्चस्तरीय छानबिन समिति बनाउन माग

राष्ट्रियसभामा एमालेको अवरोध, उच्चस्तरीय छानबिन समिति बनाउन माग


हाम्रो राष्ट्र
  • बिहिबार, १८ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमाले बिहीबारको बैठक अवरुद्ध पारेको हो । नेकपा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले देश तस्करको बनाउनु नहुने भन्दै उच्चस्तरीय छानबिन समिति नबनाउन्जेल बैठक चल्न नदिने बताए ।

    उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि ती व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । उनले बैठक चल्न नदिने बताएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । नेकपा एमालेले प्रतिनिधि सभाको बैठक पनि साउन १० देखि अवरोध गर्दै आइरहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend