काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित ६ जना राजदूतको सिफारिस अनुमोदन गरेको छ । बिहीबार सुनुवाइ समितिले सरकारले गरेको सिफारिस अनुमोदन गरेको हो । राजदूतमा प्रस्तावित नामहरूमा ५ वटा उजुरी प्राप्त भए पनि समितिले ती उजुरीहरू कुनै महत्वको नभएको निष्कर्ष निकाल्दै नाम अनुमोदन गरेको हो ।
संसदीय सुनुवाइ समितिले सिफारिस अनुमोदन गरेसँगै अब राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गर्नेछन् ।सरकारले लोकबहादुर थापालाई राष्ट्रसंघको स्थायी नियोग न्यूयोर्कका लागि रामप्रसाद सुवेदीलाई स्वीट्जल्यान्डका लागि आवासीय राजदूत तथा जेनेभास्थित राष्ट्रसंघको नियोग, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, युएईका लागि तेजबहादुर क्षेत्री र थाइल्यान्डका लागि धनबहादुर वलीलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने व्यवस्थाअनुसार सुनुवाइ समितिले अनुमोदन गरेको हो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend