logo

२०८३ साउन १३ बुधबार

नवलपरासीमा ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

नवलपरासीमा ट्याक्टर दुर्घटनामा बालकको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गएराति ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ ।

    विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

    दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।

    दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend