logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै

राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै


हाम्रो राष्ट्र
  • बिहिबार, १८ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ । यही साउन २१ देखि २७ गतेसम्म सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट सङ्घको भवनमा सञ्चालन हुने प्रतियोगितामा करिब एक सय जना खेलाडीको सहभागिता रहने सङ्घद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा १५ जना अफिसियल रहनेछन् ।

    प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर ब्वाइज यु–१९, मास्टर खुला (५० वर्षदेखि माथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पहिलो हुनेलाई २० हजार (खुला पुरुष तथा महिला), दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई पाँच हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

    त्यस्तै जुनियर ब्वाइजतर्फ पहिलो हुनेलाई ११ हजार, दोस्रो हुनेलाई छ हजार र तेस्रो हुने खेलाडीलाई तीन हजार प्रदान गर्ने आयोजकको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend