logo

२०८३ साउन १३ बुधबार

दोलखाको गौरीशंकरमा पहिरोमा परी एक जनाको मृत्यु, ३ जना बेपत्ता

दोलखाको गौरीशंकरमा पहिरोमा परी एक जनाको मृत्यु, ३ जना बेपत्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ साउन २०८०
  • 1.3K
    SHARES

    दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका– ८ मा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । पहिरोमा परी १५ महिने बालक प्रिन्स थामीको मृत्यु भएको हो ।

    उनको शव फेला परेको प्रहरीले जनाएको छ । गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहीबार साँझ गएको पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भइरहेको छ ।

    दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहीबार साँझ छिमेकी वडा खारे तर्फको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो । मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले टेलिफोनमा दिएको जानकारी अनुसार पहिरोले बस्तीका ५ घर पुरेको छ ।

    पहिरोमा परी कृष्णबहादुर मगर, सोही उनकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् । सुरक्षाकर्मी र गाउँले मिलेर उनीहरुको खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend