logo

२०८३ साउन १३ बुधबार

माओवादीको केन्द्रीय समितिमा थपिए २२ महिला सदस्य

माओवादीको केन्द्रीय समितिमा थपिए २२ महिला सदस्य


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ साउन २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । पार्टी केन्द्रीय समितिमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्याउन नेकपा माओवादी केन्द्रले २२ जना केन्द्रीय सदस्य थप गरेको छ । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समितिमा २२ जना महिला थपिएको हो थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने भएकाले केही केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव गरेका थिए । २२ केन्द्रीय सदस्य थप भएपछि माओवादी केन्द्रीय समिति ४०९ सदस्यीय भएको छ। यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना थिए ।

    थपिनेमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिता कुमारी कंडेल चौलागाई, गिता शाही, छम कुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा, दिलमाया बुढा मगर, निरमाया श्रीस, लाल कुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्य कुमारी विक, शरु चौधरी, भगवती तिवारी र मोतिकला चलाउने छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend