logo

२०८३ साउन १३ बुधबार

नगद र गरगहना गरी   ८५ लाखको धनमाल चोरी गर्ने गिरोह पक्राउ

नगद र गरगहना गरी   ८५ लाखको धनमाल चोरी गर्ने गिरोह पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाठौँ महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

    उनका अनुसार यही साउन ६ गते राति बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित सुजन श्रेष्ठको घरबाट रोलेक्स राडो तथा ओमेगा घडी, सुनका र हिराका विभिन्न गरगहना तथा नगदलगायत अन्दाजी मूल्य  ८५ लाख २६ हजार नौ सय बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त चोरी भएको धनमाल पासा भन्ने विकास पोडेको साथमा रहेको भन्ने खुल्न आएकाले निजलाई ठमेलबाट पक्राउ गरिएको हो ।

    यसैगरी पोडेलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त चोरी गर्ने कार्यमा हाल प्रहरी वृत्त, मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको संलग्नता रहेको खुल्न आएको हुँदा निज पासा भन्ने पोडेलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी परीक्षक केसीले बताए ।

    साथै निज सुमन भन्ने विष्णु श्रेष्ठलाई यसअघि काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत छ वटा मुद्दा चलेको अभिलेखबाट देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend