logo

२०८३ साउन १३ बुधबार

सिटीइभीटी र आयोगको विवादका कारण अन्तिम समयमा परीक्षा स्थगित

सिटीइभीटी र आयोगको विवादका कारण अन्तिम समयमा परीक्षा स्थगित


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ साउन २०८०
  • 1.1K
    SHARES

     

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि भोलिदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको छ ।

    सिटीइभीटीले  शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रबार सूचना जारी गरी स्थगित गरेको सिटिइभिटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी  दिए ।

    चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित गरी उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो । आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र सिटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सिटीइभीटीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न शिक्षा मन्त्रालयमा बुधबार र बिहीबार बैठक बसेको थियो ।

    बैठकमा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले दुई संस्थाबीच आपसमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएपछि सोही अनुरुप आगामी १५ दिनभित्र सहमति एवं समन्वय गरेर सञ्चालन गर्ने गरी हाललाई परीक्षा स्थगित गरेको बताइएको छ ।

    सिटिइभीटीले विगतका वर्षमा जस्तै प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिष्टेण्ड, डेन्टल हाइजेनिष्टलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा सञ्चालन गर्ने, परीक्षाफल सार्वजनिक गर्ने लगायतका कार्य गर्दै आएको छ ।

    आयोगले भने चिकित्सा शिक्षा ऐन विपरीत मेडिकल शिक्षा पठनपाठन गराउने शिक्षण संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने भर्ना आह्वान गर्ने, चिकित्सा शिक्षाको नियमन गर्ने अधिकार आयोगको मात्रै रहेको जनाउँदै आएको छ । सीटीइभीटीले आयोगसँग समन्वय नगरी ऐन विपरित सम्बन्धन दिने, भर्ना आह्वान गर्ने, सिट निर्धारण गर्ने, शुल्क निर्धारण गरेको भन्दै आयोगले असहमति जनाएपछि दुई संस्थाबीच विवाद चर्किदै आएको थियो ।

    सिटिइभीटीले आफ्नो संस्थाअन्तर्गत रहेका ४९ प्राविधिक कलेज र गतवर्ष आयोगले सिट निर्धारण गरेका एक सय ४९ कलेजमा यस वर्ष भर्ना आह्वान गर्दै सूचना सार्वजनिक गरेपछि आयोगले ऐन विपरीत गरेको भन्दै आपत्ति जनाएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend